२० साउन २०७९, शुक्रवार

कर्णाली प्रदेशमा पहिलो पटक आइ.टि.एफ.समिति गठन भएको छ ।

समिति गठन २०७९ साउन,१८गते,बुधवार प्रदेश राजधानी वीरेनद्रनगर सुर्खेतमा भएको हो ।
समिति गठनमा प्रदेश कमिटी कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष श्री प्रमोद हमालको प्रमुख आतिथ्यतामा रहेको थियो।
अहिलेको लागि कर्णालीका ६ वटा जिल्ला मात्रै समेटिएका छन् जस अन्तर्गत सुर्खेत ,दैलेख रुकुम पश्चिम ,सल्यान ,कालिकोट ,हुम्ला रहेका छन् ।

आइ.टि.एफ.को कर्णाली प्रदेश समिति अध्यक्षमा होम बहादुर सुनार ,उपाध्यक्षमा दैलेख बाट गजेन्द्र कुमार थापा
रुकुम पश्चिम बाट दिपक बिक , सचिबमा सुर्खेत बाट हिमाल लामा ,कोषाध्यक्षमा सुर्खेत बाट नन्द कुमार बिक
,सदस्यमा सल्यानबाट निरुता भुजेल घर्ति ,कालिकोटबाट गोगन कुमार बिक , रुकुम पश्चिमबाट भुपेन्द्र ओली ,
सुर्खेतबाट पुष्प बादी नेपालि ,सुर्खेत बाट मन्दीप जङ रायमाझी लगायत रहनु भएको छ ।