साउन१२

सर्पले टोक्दा सल्यानमा एक बालक को मृत्यु  भएको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ भंगेरि घर भै हाल शारदा नगरपालिका वडा न. ६ बरला बस्दै आएका  १३ वर्षीय बालक अर्जुन बस्नेतको सर्पले टोक्दा मृत्यु  भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बालकलाई हिजो राती १० बजेको समयमा सर्पले टोकेको थियो। आफ्नै घरमा  आमाबुबासङ्गै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरि बिहान ५ बजेको समय जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा ५:३० बजेको समयमा मृत्यु भएको प्रहरीले  जनाएको छ ।