६ साउन २०७९ ।
आर्थिक वर्ष २०७८÷०७९ मा ट्राफिक प्रहरी कार्यालय सल्यानले ५४ लाख बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चालएकलाई कारबाही गर्दा वर्षभरिमा ५४ लाख ८६ हजार राजश्व संकलन भएको छ ।
६ हजार १ सय ६३ यातायातका सवारी साधन कारवाही पर्दा ५४ लाख बढी राजस्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी सहायक निरीक्षक लक्षमण विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी २ हजार ८ सय २७ मोटरसाईकललाई कारवाही गर्दा २४ लाख ८५ हजार ७ सय ९३ बसलाई कारवाही गर्दा ७ लाख १९ हजार ५ सय १ हजार ६६ जीप तथा कारलाई कारवाही गर्दा ९ लाख ५२ हजार ५ सय राजस्व उठेको छ ।
७ सय ७५ ट्रकलाई कारवाही गर्दा ६ लाख ७६ हजार ३ सय ६३ टेक्टरलाई कारवाही गर्दा ३ लाख ३८ हजार ५ सय टेम्पु सहित अन्य ३६० सवारी साधन कारवाहीमा पर्दा ३ लाख १७ हजार ५ सय गरी जम्मा ५४ लाख ८६ हजार राजस्व उठेको ट्राफिक प्रहरी विश्वकर्माले बताएका छन । जिल्लामा ट्राफिक कारबाहीमा पर्ने सवारी साधनको संख्या बढ्दै गएको छ । यसले राजश्वलाई पनि बढाईरहेको छ ।
रुट परमिट नभएका, क्षमता भन्दा बढी यात्रु तथा सामान बोक्ने, आवश्यक कागजात नबोक्ने, तिव्र गतिमा सवारी चलाउने जस्ता गल्ति गर्ने सवारी साधन कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरी प्रमुख विश्वकर्माको भनाई रहेको छ ।
साथै दुर्घटना न्युनिकरणको लागी जिल्ला ट्राफिक कार्यलय सल्यानले विभिनन चेतनामुक कार्यक्रम सञ्चालन गर्दै आएको समेत वताएका छन । स्कुल तथा कलेजमा ९७ ठाउँमा कार्यक्रम चलाउदा १५ हजार ५ सय सडक नाटक कार्यक्रम १५० ठाउमा चलाउदा २४ हजार चाालक सहचालक र यात्रु सम्वधित कार्यक्रम १६० ठाउँमा चलाउदा जम्मा ३९ हजार व्यति लाभान्वित भएको ट्राफिक प्रहरी विश्वकर्माले वताएका छन ।