असार २३ सल्यानकाे बागचाैर-काेटमाैला-पातिहाल्न- सिमाना रहेको गंगादेब गाउँपालिका रोल्पा सडकखण्डकाे शारदा खोला जङ्गघारमा अस्थायी पुल निर्माण भएको छ ।बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको निर्देशनमा, वडा नं.८ को पहलमा बागचाैर नगरपालिकाको आर्थिक सहयोगमा अस्थायी पुल निर्माण गरिएको बागचौर नगरपालिका वडा नं.८ का वडा अध्यक्ष सुशील जङ चन्दले बताउनुभयो । अब देखि बागचौर पातिहाल्न सडक खण्डमा चल्ने कुनैपनी यातायातका साधनलाई बर्षाको समयमा सजिलै संग ओहोरदोहोर गर्ने सकिने हामीले बनाएका छाैं उहाँले भन्नुभयो ।बिगत लामो समय देखि उक्त खोलामा बर्षा यामको समयमा यातायातका साधनलाई ओहोरदोहोर गर्न निकै समस्या हुदै आएको थियो । अहिले खोलामा हम्पाईप र जाली लगाएर अस्थायी रुपमा बाटाे सुचारु हुदा सहज भएको स्थानिय नोखिराम केसि को भनाइ रहेको छ यो बाटो हुँदै बागचौर नगरपालिका भित्रका वडा नं. ८ र वडा नं. ९ लगायत छत्रेस्वरी गाउँपालिका१ र २ वडा र रोल्पा गागादेब गाउँपालिका भित्रका केही वडाका सयौं जनता दैनिक ओहोरदोहोर गर्नु को साथै फलफूल लागि प्रसिद्ध क्षेत्र रुपमा यी ठाउँ लाई मानिन्छ हिउँदमा सुन्तला र बार्खा याम आलु र विभिन्न जातिका बिरुवा समेत यो रुडभएर बाहिर पठाईन्छ। बर्षा यामको समय भएको हुदा अस्थायी पुल निर्माणकार्य समयमै सप्पन्न गरेको बिमला निर्माण सेवा को संचालक बिबेक चन्द ले जनाकरी दिनुभएको छ ।