३० जेठ २०७९ सल्यान ।

सल्यानको बागचौर नगरपालिका वडा नं ३ थाराचौर निबासी स्व . तिलकराम डाँगीको बुहारी खड्क बहादुर डाँगीको श्रीमती क्यान्सर पीडित पारिवारिक अवस्था नाजुक भएकी बर्ष २२ कि निर्मला के सी (डाँगी)को उपचारका लागि सहयोग आउने क्रम जारी रहेको छ ।
क्यानसर पीडित निर्मला बचाउ अभियान मार्फत बागचौर नगरपालिका वडा नं ८ कोटमौला निबासी समाजसेबीहरु मधु योगी र उनको दाइ मदन योगीले संयुक्त रुपमा रु १० हजार सहयोग रकम उपलब्ध गरायका छन भने बा न पा २ ,चारखोला निवासी सेरबहादुर डाँगीले रु ४ हजार सहयोग गरेका छन । यसैगरी बागचौर नगरपालिका वडा नं ५ निबासी कोटबारा स्वास्थ चौकीमा कार्यरत अहेव भुपेन्द्र भण्डारीले रु १ हजार सहयोग रकम उपलब्ध गराएका छन ।
पारिवारिक अवस्था नाजुक भएको कारणले उपचार गर्न निकै समस्या परिरहेकोले निर्मलालाई सहयोग गर्न चाहाने सहयोगी मनहरुलाई आफनो इच्छा अनुसारको सक्दो रकम सहयोग गरेर निर्मलाको जिबन बचाइदिन उहाँको परिवारले अपिल समेत गरेको छ ।
तपाईंको सानो सहयोगले निर्मलाको जिबन रक्षा हुन सक्छ त्यसैले तपाईंले आफुले सकेजती रकम सहयोग गर्न सक्नुहुनेछ ।
सहयोग लागि मुक्तिनाथ बिकाश बैंक को यश खाता नम्बर मा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ।
खाता नम्बर 04321400679998000001
खाता वालाको नाम : सुसिला डि सि सल्यान
थप जानकारीको लागि सम्पर्क
खिमराज डि .सी ( अंकल ) 9812880251
तारादेव डाँगी देवर : 9822987191
खडक डाँगी श्रीमान : 9809538432
र भरत डाँगी अंकल : 9822983113
याद गर्नुहोस् सेवा नै धर्म हो ।