१२ जेठ् २०७९ सल्यान ।
नेपाली काङ्ग्रेस बागचौर नगरपालिका वडा नं १को कार्यसमितिले निवर्तमान वडा अध्यक्ष सहित अन्य तीन जनालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्नको लागि नेपाली काङ्ग्रेस बागचौर नगर कार्यसमिति मा सिफारिस गरेको छ ।
बैशाख ३० गत्ते भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उमेदवारलाई पराजित गराउन विभिन्न गतिविधि गरेर असहयोग गरेको भन्दै कारबाहीको लागि सिफारिस गरेको छ ।
कारबाहीको लागि सिफारिसमा पर्नेहरू निवर्तमान वडा अध्यक्ष नेत्र बहादुर डाँगी ,तुल्सिराम बस्नेत, बिरेन्द्र कुमार शर्मा , र टोप बहादुर बस्नेत रहेका छन ।