सल्यान । चैत्र २६ गते शनिवार, प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड,बागचौर नगरपालिका २ थारमारे,सल्यानको २५औ. वार्षिक उत्सव एवम् रजत जयन्ती समारोह संस्थाका अध्यक्ष तथा रजत जयन्ती मूलसमारोह समितिका संयोजक प्रेम बहादुर के.सी.को अध्यक्षता एवम् बागचौर नगरपालिका सल्यानका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि बागचौर नगरपालिकाका उप प्रमुख.कल्पना पुन कुमाख गा.पा.का अध्यक्ष.डिल्लीराज जैसी शिद्धकुमाख गा.पा.का वडा १ अध्यक्ष. राम बहादुर वस्नेत, विशिष्ठ अतिथिको रुपमा रहनु भएको थियो भने विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु अतिथिको रुपमा सहभागी हुनु भएको थियो । र संस्थाका उपाध्यक्ष तोकलाल शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो ।


प्रमुख अतिथि लोकमान बुढाथोकीले उद्घाटन गर्नु भएको कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख लोकमान बुढाथोकीले यस संस्थाले आफ्नो सेवा क्षेत्रमा २० हजार भन्दा बढी सदस्यहरुलाई सहकारी मार्फत वित्तिय सेवा प्रदान गर्दै आईरहेकोमा यस संस्था प्रति बागचौर नगरपालिका गर्व महशुस गर्दछ भन्न्ो धारणा राख्नुहुदै सहकारीको शिद्धान्त अनुसार स्थापनाकाल देखि रजत जयन्ती वर्ष सम्म आफ्ना सदस्यहरु प्रति उत्तरदायि रही सफलतापूर्वक निरन्तर वित्तीय सेवा प्रवाह गरि रहेको सन्दर्भमा संस्थामा आबद्ध सदस्यहरुको आयस्तरमा वृद्धि तथा जीवनस्तर सुधार गर्न सहकारी अभियानलाई थप सबल र सक्षम बनाउदै अगाडी बढ्न आगामी दिनहरुमा थप महत्वपूर्ण हौसला एवम् प्रेरणा प्राप्त होस् भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो र स्थानिय सरकारको तर्फ बाट संस्थाको भबन निमाण को निम्ती आफु लागी पर्ने बताउनु भएको छ ।
त्यसतै कुमाख गाउपालिका उपाअध्क्षय डिल्लीराज जैशीले सहकारी क्षेत्रमा निकै उपलब्धी मूलक काम गर्दै आएकोमा आफू निकै खुशी भएको र सहकारी सफल्ताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।


मन्तब्यको क्रममा बागचौर नगरपालिकाका उप प्रमुख कल्पना पुनले हामी महिला दिदी बहिनीले गर्न सक्ने बिभिन्न ब्यबसाय कार्यमा सस्तो ब्याजदरमै ऋण दिएर यति राम्रो गरेको सहकारी हुदापनि हाम्रो स्थानीय सरकारबाट केहि सहयोग गर्न नसकिएकोमा आफु चिन्तीत भएको भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।


संस्थाका संस्थापक अध्यक्ष एकदेव शर्माले. २०५३साल चैत्र २६गतेका दिन मैले जुन किसमको संस्थालाई स्थापना गरी संण्चालन मा ल्याएको थिए र अहिले पनि जुन बाटो पछौउदै अगाडी बढीरहेको मा सफताको शुभकामना ब्यक्त गर्नु भएको हो ।
र शिद्धकुमाख गा.पा.का वडा १ अध्यक्ष. राम बहादुर वस्नेतले यो संस्था स्थापना पछी यस संस्थाका सदस्यहरुले बचत गर्नुहोस भन्नु हुन्थ्यो तर मलाई बिश्वास लागेना दैनिक रु१०० जम्मा गर्दा कहांबाट सम्भब होला जस्तो लाग्थ्यो आज मैले जुन संस्थाको आज सफल्ता देख्दा मलाई पनी मेहनेत,लगनशील्ता र इमानदारीका कारण पनी संस्था सफल भएको अनूभुति भएको छ ।
कार्यक्रममा कोषाध्यक्ष एवं रजत जयन्ती स्मारिका सम्पादकीय उपसमिति संयोजक लक्ष्मीनारायण के.सी.ले रजत जयन्ती वर्षमा “समृद्धिका लागि प्रगति सहकारी समुदाय सँग सँर्गै”नारा बोकेको संस्थाले सहकारीको माध्याम बाट स्थानीय साधनश्रोतको उच्चतम परिचालनमा जोडदिई स्थानीय अर्थतन्त्रलाई चलायमान बनाई राख्न हर सम्भव प्रयत्नशिल रहेको छ र वित्तिय पहुँचको विस्तार,कृषिमा व्यवसायिकताको प्रवेश,प्रविधिसंगको साक्षात्कार लगायतका सुखद अनुभुतिहरु संस्थाको सम्पत्तिको रुपमा रहेकाछन् भन्ने भनाई राख्नु भएको थियो । स्थापनाकालदेखि हाल सम्मको अबस्थाः कूल शेयर सदस्य २८८२ जना आबद्ध भएर प्रत्यक्ष रुपमा सेवा लिईरहनुभएको, कारोबार अंक ११ करोड १८ लाख ४४ हजार ९४७ रहेको, ८ जना कर्मचारी बाट सहकारी कार्यक्रम र लघुवित्त कार्यक्रम मार्फत सदस्यहरुलाई प्रविधिमैत्रि माध्यामबाट सेवा प्रदान गरिएको जानकारी समेत गराउनु भएको थियो ।

कार्यक्रमको समापनमा सभाका अध्यक्ष एवं रजत जयन्ती मुलसमारोह समिति संयोजक प्रेम बहादुर के.सी.ले संस्था स्थापना गरि आजको अवस्थामा पुर्याउना सुरुवाती जग बसालीदिनुहुने संस्थापक संचालक समिति तथा सदस्यहरु प्रति हार्दिक आभार प्रकट गर्नुहुदै विभिन्न विधामा सम्मानित हुनेहरुलाई बधाइ ज्ञापन गर्दै सम्मान तथा पुरस्कारले उत्कृष्टताको लागि उर्जा थपहोस् भन्ने कामना ब्यक्त गर्नु भएको थियो । संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक स्तर उन्नतिमा योगदान गर्दै आएको र यस अभियानमा प्राप्त सल्लाह सुझावहरुलाई निति र विधि अनुरुप लागुगर्दैजाने प्रतिबद्धता जनाउनु भएको थियो साथै रजत जयन्ती समारोहमा प्रकाशन भएको स्मारिका तथा रजत जयन्तीको अवसरमा शुभकामना ब्यक्त गर्नुहुने सम्माननिय प्रधानमन्त्रि ज्यू, कर्णाली प्रदेश मुख्यमन्त्री ज्यू, सहकारी मन्त्री ज्यू लगायत सरोकार वाला निकाए एवं अन्य निकाएहरु सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको हो ।


संस्थाका सचिब पवित्रकुमार के.सी.ले सञ्चालन गर्नु भएको कार्यक्रममा सञ्चालक समिति सदस्यहरु,लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु,लघुवित्त उपसमिति,शिक्षा उपसमिति,ऋण उपसमितिका सदस्यहरु,सल्लाहकार तथा शेयर सदस्यहरु र कर्मचारीहरुको सहभागी रहेको उक्त समारोहमा संस्थापक सञ्चालक समितिलाई सम्मान, विभिन्न विधामा उत्कृष्ट सदस्यहरुलाई पुरष्कार तथा प्रशंसा पत्र प्रदान,जेष्ठ सदस्य सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम गरिएको थियो भने आमन्त्रीत प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अतिथिहरुलाई संस्थाको तर्फबाट रजत जयन्ती समारोहको अवसरमा मायाको चिनो प्रदान गरिएको थियो ।