२१ चैत २०७८, सोमवार

राष्ट्रिय प्रजातन्त्र पार्टी बागचौर नगरपालिका का नि.बर्तमान अध्यक्ष प्रमोद कुमार डांगीले पाटी बिरोधी गतिबिधि गरेको भन्दै पार्टी ले निलम्बन गरेको जनाएकाे छ ।
बागचौर नगरपालिकमा भएको एक कार्यक्रममा सर्बसमत रुपमा उक्त प्रमोद कुमार डांगीलाइ
मिति २०७८ १२ २१ गते का दिन देखी पार्टीमा साधारण सदश्य समेत नरहने गरी निलम्बन गरीएको बताएको हो ।

उक्त कार्यक्रममा स्थानीय निर्बाचन का लागी छलफल गरी नगर पालिका अन्तरगत रहेका वडाहरुमा
उमेदार छनोट ईन्चार्ज वडा न.१मा ससन बहादुर बि.क,वडा न२मा डम्बर भण्डारी,वडा न.४मा पुस्कर वील
वडा न.५मा गणेश बहादुर खत्री, ७मा टोप बहादुर रावत ८मा रेशम बहादुर बि.एम,
९मा तिलक ब.के.सी,र१०मा दोर्ण ब. खत्री सर्बसमत चयन हुनुभएको हो ।