(२०५३ साल चैत्र २६ गते स्थापना भएको प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागचौर नगरपालिका २ थारमारे,सल्यानको संस्थापक सञ्चालक समिति को समेत जिम्मेवारी लिई २५ वर्ष सम्म निरन्तर संस्थाको सञ्चालक समितिको विभिन्न पदमा रही सेवा गर्दै आउनुभएका वर्तमान कोषाध्यक्ष एवम् लघुवित्त उपसमिति संयोजक लक्ष्मीनारायण के.सी.ले संस्था मार्फत सामाजिक सेवा गर्दै आउनुभएको छ । संस्थाको रजत जयन्ती वर्ष २०७८को सन्दर्भमा वहाँ संग पत्रकार लोकमान चन्द ले संस्थाको समसामयिक विषयमा गरेको कुराकानी)
1. प्रगति सहकारी संस्थामा यति लामो समय व्यतित गरीरहंदा यो २५ वर्षलाई समग्र रुपमा कसरी स्मरण गर्नुहुन्छ ?
– प्रगति सहकारी संस्थाको स्थापना २०५३ साल चैत्र २६ गते भएको हो । र अहिले हामी संस्थाको २५ औं वर्षगाँठ (रजत जयन्ती) मनाईरहेका छौं । यो बिचमा प्रगति सहकारीले विभिन्न उतारचढाव र विभिन्न समस्याहरु झेल्दै संस्था आजको दिनमा आईपुगेको छ । मैले पछाडी फर्केर हेर्दा संस्थाको संस्थापक सदस्य समेत भएर २५ वर्ष सम्म यही संस्थामा सेवा गरेर विताए । अहिले आएर संस्थाको प्रगति प्रति म निकै हर्षित छु । विभिन्न समस्या संग जुध्दै र निरन्तर कर्ममा लागिरहेकै कारण आज संस्था यो स्थान सम्म पुग्न सफल भएको छ । सबैले संस्था प्रति देखाएको माया प्रति म निकै आभारी छु । आगामी दिनमा पनि यहाँहरु संगै हात्तेमालो गरेर अगाडी बढ्ने छु ।
2.विगतमा काम गर्दाका ति दःुख र संर्घषका दिनहरुलाई अलिकति स्मरण गरीदिनुहोस न ?
– विगतमा संस्थामा काम गर्दा निकै कठिन अवस्थामा रहनु पर्यो । विगतलाई सम्झीदा आजको दिन सम्म संस्था यसरी आईपुग्न सक्छ भन्न्ो हामीलाई लागेको थिएन । शरुवाती दिनहरुमा संस्थाका सञ्चालक,शेयर सदस्य र कर्मचारी सबैले गरेको मेहनत र सहयोगका कारण हामीलाई कामगर्ने हौसला प्राप्त भयो र हामी अगाडी बढ्न सक्यौं । दिनरात नभनी सबै यसको सेवा विस्तारमा लागिरहेकै कारण आज संस्था यो स्थानमा पुग्न सफल भएको छ ।
3.एउटा संस्था सफलतामा पुग्न के–के कुराको तारतम्य मिल्नुपर्ने रहेछ ? तपाईको अनुभव कस्तो रह्यो ?
– यसमा त सबै भन्दा पहिला प्रतिबद्धता नै आबश्यक पर्छ जस्तो मलाई लाग्छ । निश्चित लक्ष्य,उद्धेश्य र प्रतिबद्धता कायम गरेर लाग्यौं भने सफलतामा पुग्न सकिन्छ । विषेश गरेर ब्यवस्थापनमा रहेकाहरु, संचालक समिति र कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहन्छ ।सबैभन्दा ठुला त संस्थाका शेयर सदस्य नै हुन जसले विकट परिस्थितिमा पनि संस्थालाई विश्वास गरेर कारोबारलाई अगाडी बढाउनु भयो र आज सम्म पनि त्यो विश्वास कायमै रहेको छ । जसका कारण पनि हामी सफलतामा पुग्न सक्यौं भन्न्ो मेरो वुझाई छ । साथै संस्थामा संचालक समिति र कर्मचारी बिचको राम्रो टिमवर्क नै सफलताको कारण हो जस्तो लाग्छ । टिमवर्क राम्रो भएमा नेतृत्व वर्गले सहि समयमा सहि निर्णय लिन सक्यो भने जस्तो सुकै अवस्थामा पनि सफलता प्राप्त गर्न सकिन्छ । प्रगति सहकारीमा यी सबैको उचित तालमेल भएकै कारण हामी आज यो स्थानमा पुग्न सकेका हौं ।
4.सफलतामा पुग्नको लागि कर्मचारीको सहयोग कत्तीको पाउनुभयो र कसरी ब्यवस्थापन गरिरहनु भएको छ ?
– मैले संस्थालाई अगाडी बढाउदै गर्दा सम्पूर्ण कर्मचारीको राम्रो सहयोग पाईरहेको छु । यस संस्थाका सबै कर्मचारीहरु संस्था प्रति प्रतिबद्ध भएर लागिरहनु भएको छ । जहाँ सम्म एउटैको नेतृत्व भन्दा पनि संस्थाको आफ्नै विशेष निति नियम छ र त्यही नितिनियममा रहेर काम गरि रहेको अवस्था छ । नितिनियम बाहीर गएर काम गर्ने छुट कसैलाई पनि छैना र त्यो रहदैना पनि । संस्था रहे मात्रै हामी रहन्छौं यदि संस्था नै रहेना भने हामी कोहीपनि यहाँ रहदैनौं त्यसैले पनि सबैले निति नियममा रहेर नै काम गर्नु पर्ने हुन्छ । निश्चित मापदण्ड र नियमावली बनाएर त्यही अनुसार सम्पर्ण कर्मचारीहरुको परिचालन,रेखदेख,निरिक्षण र सुपरीबेक्षण हामीले सोही अनुसार संचालन गरिरहेका छौं ।
5.लघुवित्त मा धेरै महिलाहरु आवद्ध छन् । यसलाई कसरी संचालन गरीरहनुभएको छ र त्यसमा आबद्ध महिलाहरुले कसरी सेवा लिईरहेका छन् ?
– लघुवित्त कार्यक्रम एकदमै राम्रो ढंगले संचालन भै रहेको छ । अहिले हामीसंंंग करिब २५०० महिलाहरु लघुवित्त कार्यक्रममा आबद्ध हुनुहुन्छ । र झण्डै १५ करोड बराबरको कारोबार लघुवित्त कार्यक्रम मार्फत संचालन भै रहेको छ । बिचमा कोभिड–१९ को कारण उहाँहरुले संचालन गरेरहेको ब्यवसायमा केही प्रभाव अवस्यपनि परेको छ । यद्यपी लघुवित्त कार्यक्रममा आबद्ध महिलाहरुलाई विभिन्न किसिमको सहुलियत,ब्याजदर छुट लगायतका कार्यक्रम पनि संचालन गरेका छौं । यसबाट उहाँहरुलाई निकै सहुलियत भएको छ । यो कार्यक्रमलाई हामीले निरन्तरता दिने छौं ।
6. बिना धितो लगानीगर्नु कत्तिको चुनौतिपूर्ण छ ?
– अब बिना धितो लगानी भनेको चुनौतिपूर्ण काम नै हो । यद्यपी हामीले सदस्यहरुको घर परिवारसंग मिलेर कसरी ब्यवसाय संचालन गरिरहनुभएको छ, कसरी संचालन गर्ने भन्ने सुझाब सल्लाह दिनेकाम गरिरहेका छौं । हामीले दिएको सुझाब सल्लाहको आधारमा काम गरिरहनुभएको छ । त्यसैले धेरै समस्या हामी कहाँ छैन । तर कतिपय महिला सदस्यहरुले कर्जाको सदुपयोग राम्रो संग नगरेका कारण समस्यामा समेत पर्नुपरेको पाएका छौं वहाँहरुलाई पुनः हामीले सहि बाटोमा ल्याउने काम पनि गरिरहेका छौं ।
7.प्रगति सहकारी संस्थाका आगामी योजनाहरु के के छन् ?
– २५ वर्षको यात्राका दौरानमा हामीले थुप्रै कामहरु गर्यैंो अब ति कार्यहरुको प्रभाव मूल्यांकन गर्ने बेला आएको छ जस्तो लाग्छ । तसर्थ हामी छिटै हाम्रा सदस्यहरुको सन्तष्टि मापन सर्वेक्षण गर्दैछौं जसले हामीलाई अगाडी बढन थप मार्ग प्रसस्त गर्नेछ भन्ने हामीले बुझेका छौंं । हामी सदस्यको सन्तुष्टिलाई केन्द्रमा राखेर अघि बढेका कारणले नै यो २५ वर्ष यात्रा सहज भएको हो । हामीले यस संस्थामा ग्राहक सुरक्षणका विश्वब्यापी ७ सिद्धान्तहरु लागु गरिरहेका छौं । सल्यान जिल्ला भरि सेवा विस्तार गर्ने तयारीमा जुटीरहेका छौं ।सहकारीको माध्यमबाट देशको विकास र सम्बृद्धि सम्भव छ । यही आशयका साथ हामीले विभिन्न कार्यक्रमहरु संचालन गर्ने सोच बनाएका छौं । यसका लागि शाखा खोल्दै क्षेत्र विस्तारको काम पनि अघि बढाउने योजना छ । यसका लागि स्थानीय सरकार,प्रदेश सरकार र केन्द्र सरकार संग सहकार्य गर्दै विभिन्न कार्यक्रम संचालन गर्ने छौं । एक्लैले भन्दा पनि सामुहिकतामा गएर काम गर्न सकिन्छ भन्ने हाम्रो बुझाई छ ।
8.अन्त्यमा सम्पूर्ण शेयर सदस्य र आम ग्राहक वर्गलाई के भन्नु हुन्छ ?
– हामी २५ औं रजत जयन्ती वर्ष मनाईरहेका छौं । यो रजत जयन्ती वर्ष मनाईरहदा यहाँहरु सबैको सहयोगले आज हामी यो उचाईमा पुग्न सफल भएका छौं र २५ वर्षमा प्रवेश गरेका छौं । यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । धेरै सहकारी संस्थाहरु स्थापना भए र अहिले ति कहाँ हराएका छन् पत्तो समेत छैन तर पनि प्रगति सहकारी लाई निरन्तर सहयोग गर्दै आजको दिन सम्म पर्याईदिनु भएको छ । आगामी दिनमा पनि सदस्यहरुको सेवा र यस क्षेत्रको विकासका लागि प्रगति सहकारी सधै लागिरहने प्रतिबद्धता ब्यक्त गर्न चाहान्छु । आउने दिनमा समेत यहाँहरुबाट यस्तै सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद् ।