सल्यान बागचौर नगरपालिका ९ खोरबारेमा रहेकोे श्री शिशु जागरण माध्यमिक बिद्यालय को आज एक कार्यक्रम को बिच ४चारकोठे भबन नगरप्रमुख श्री लोकमान बुढाथोकी ज्यु बाट उद्घाटन भएको छ । आ.व.२०७७/०७८ को शिक्षा तर्फको भौतिक पुर्वाधार विकास (सशर्त अनुदान) अन्तर्गत नगर शिक्षा समितिको निर्णय अनुसार विनियोजित बजेट रु.३६ लाख लागत स्टिमेटबाट निर्माणकार्य सम्पन्न भएको चार कोठे पक्की भवनको उद्घाटन तथा अभिभावक भेला कार्यक्रम नगरप्रमुख श्री लोकमान बुढाथोकी प्रमुख उक्त कार्यक्रम म बोल्दै शिक्षा बिना हामी कसैले केही पनी गर्ने नसक्ने र शिक्षा बिना बिकास पनि गर्ने नसक्ने भएको ले हाम्रो बागचौरमा शिक्षा लाई विशेष जोड्दिएको बताउनु भएको छ ।कार्यक्रममा ९ नं. वडा अध्यक्ष श्री मोहन चन्द, वडाका जनप्रतिनिधिहरु, स्थानीय राजनीतिक दलका नेता किसान समाजसेबि बुद्धिजीवी, अभिभावक, शिक्षक, स्थानीय पत्रकार र विद्यार्थीहरुको विशेष उपस्थिति रहेकोे थियो भने कार्यक्रमको सभा अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री लोक बहादुर डाँगी ले गर्नु भएको थियोे र कार्यक्रम को संचालन प्र.अ. रुपलाल भण्डारीले गर्नु भएको थियो ।