१ चैत्र २०७८ ।
नेपाली काङ्ग्रेस बागचौर नगर कार्यसमितिको अग्रसरमा स्वर्गीय हरिहर चन्दको १३ औ पुन्य तिथिको अबसर पारेर आर्थिक सहयोग गरिएको छ ।
नेपाली काङ्ग्रेसका पुर्व कार्यसमितिका सदस्य चन्दको पारिवारिक अबस्था कमजोर भएको ले कृया खर्चमा केहि सहयोग पुगोस् भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको नगर कार्य समितिले जनाएको छ ।
नगर कार्यसमितिको अग्रसरतामा पार्टीको विभिन्न तहमा रहेका ब्याक्तीहरु बाट रु २७ हजार ५ सय ७० रुपियाँ आर्थिक सहयो गरेको छ ।
उक्त रकम बागचौर नगर कार्यसमिति सभापति दिपेस डि सी नगर सचीव बुद्धि बोहरा जिल्ला कार्यसमितिका सदस्य इश्वरी प्रशाद के सी ले संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।