रास्ट्र को लागी खेलकुद स्वास्थ को लागी खेलकुद भन्ने मुल नाराका साथ भब्यता को साथमा बागचौर नगरपालिका को वडा नं. ७ को बालकन्या माध्यमिक बिधालय को प्रगाण मा तेस्रोअध्यक्ष कप सुरु गरिएको छ पुस ७ गते देखि शुरु भएको खेलकुद कार्यक्रम १० गते सम्म संचालन हुनेछ । कार्यक्रको सभा-अध्यक्ष वडा अध्यक्ष शेर बहादुर घर्ती ले गर्नु भएको हो भने कार्यक्रम को प्रमुख अथिती नगर प्रमुख लोकमान बुढाथोकी बिशिस्ट अथिती उप प्रमुख कल्पना पुन ईलाका प्रशासन कार्यलय प्रमुख मोहन डाङी र बिभिन्न राजनीतिक दल सुरक्षाकर्मी शिक्षाकर्मी पत्रकार को अथितितामा सुरु भएको हो। उक्त कार्यक्रमा स्वागत मन्तब्य बागचौर नगरपालिका वडा नं. ७ का सदस्य ओमकार ओलि बाट शुरु भएको थियोे भने शुभकामना मन्तब्य श्री बालकन्या माध्यमिक बिधालय कोटबारा का प्र :अ चक्रमनी देबकोटा ले दिनु भएको थियोे । त्यस्तै प्रमुख अथिती बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी ले खेल को बिकास गर्न को लागि नै व डा कप मेयर कप पनि खेलाउने र खेलाडीले अनुसाशन भएर खेल खेल्नु पर्ने जोस जांङर सहित खेलमैदान आउनुपर्ने देखिन्छन् खेलाडीहरु लाई सुझाव समेत दिनु भएको छ। र कार्यक्रम को संचालक बागचौर नगरपालिका वडा नं. ७ सचिव केशव चन्द ले गर्नु भएको थियोे ।