पुस १, सल्यान थारमारे – सल्यानको थारमारे संचालित खेलकुद तथा बृहत् सांस्कृतिक कार्यक्रममा खुला वडास्तरीय भलिबल प्रतियोगितामा जिल्लाकै ठूलो धनराशि रु. १००००० पुरस्कार सहित रुकुम पश्चिम चौरजहारी ९ का खेलाडीहरु प्रथम भएका छन भने द्वितीय पुरस्कार रु. ६०००० दार्मा गाउँपालिका १ का खेलाडीहरुले हात पारेका छन ।
सेमिफाइनलका लागि खेल खेलिरहेको बन्गाड कुपिण्डे नगरपालिका वडा नं. ११ का खेलाडीहरुले रुकुमका खेलाडी एउटै वडाका मात्रै नभई फरक वडाका भएको भनी खेल नखेल्ने भनी आयोजक टिम समक्ष निवेदन पेश गरेका थिए ।
यस विषयमा छानबिन गर्दा रुकुम चौरजहारी ११ का सबै खेलाडीहरु एउटै वडाको भनी वडा नं.९ का वडाध्यक्षको हस्ताक्षर सहितको कागजात सबै पुगेकोले खेलाडीलाई हटाउन नसकिने कुराको जानकारी आयोजक टिमले दिएको र खेलाडीहरुलाई पटक पटक खेल्न खेल्नको लागि अनुरोध गर्दा पनि उनिहरुसँग प्रतिष्पर्धाका लागि सिद्वकुमाख ३ का खेलाडीहरु समेतले पनि खेल नखेल्ने भनी विवाद ल्याएपछि दुबै टिमलाई आवट गरिए पछि तृतीय पुरस्कार नै रद्व भएको आयोजकले बताएको छ