सल्यान मंसिर २६ , तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप दुर्घटनामा परेको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-३ सिरखोलामा रा १ ज ४३८ नम्बरको जिप दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिनुभयो । जिप बेलुका साढे चार बजेतिर दुर्घटनामा परेको हो । 

जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा करिब १३ जना यात्रु सवार रहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख पुजाराले जानकारी दिनुभयो । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।