असार १२ सल्यान ।
“प्रविधिमैत्री कक्षाः गुणस्तरीय शिक्षा” भन्ने मूल नारासहित सिद्ध कुमाख गाउँपालिका स्तरीय तेस्रो पठन सिप पहिचान तथा शैक्षिक सामग्री प्रदर्शनी मेला–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।

सिद्ध कुमाख गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा रुम टु रिड र डीडीएस सल्यानको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता शिक्षा शाखा प्रमुख प्रतिभा वली खड्काले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत गिरी प्रमुख अतिथि, उपाध्यक्ष रामबहादुर बस्नेत तथा शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख शेरबहादुर रोका विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा पाँचवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत अर्जुनजंग शाहले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य वक्ताले यस्ता प्रतियोगितामूलक कार्यक्रमले विद्यार्थीमा पठन सिप, सिर्जनशीलता र सिकाइप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै विद्यालयहरूबीच असल अभ्यास आदानप्रदान हुने भएकाले आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो।

प्रतियोगिताअन्तर्गत कक्षा २, ३ र ४ को पठन सिप मापन, कक्षा ५ को गणित सिप मापन, चित्रकला तथा विज्ञान प्रदर्शनी आयोजना गरिएको थियो।
पठन सिप मापन (कक्षा २) मा अनिशा पुन मगर (शान्ति आधारभूत विद्यालय, कागखोला) प्रथम, रितु भण्डारी (एमआरबी एकेडेमी, बाँझकाँडा) द्वितीय र संगित रोका (निराजन माध्यमिक विद्यालय, ढोरचौर) तृतीय हुनुभयो।

कक्षा ३ तर्फ रेशम आचार्य (कुमाख मालिका एकेडेमी, करेन्जी) प्रथम, कुशुम बोहरा (ब्राइट ह्युमन एकेडेमी, ढोरचौर) द्वितीय र अनुष्का खत्री (निराजन माध्यमिक विद्यालय, ढोरचौर) तृतीय हुनुभयो।

कक्षा ४ को पठन सिपमा लक्ष्मी नेपाली (कुमाख मालिका एकेडेमी, करेन्जी) प्रथम, देवराज डाँगी (ब्राइट ह्युमन एकेडेमी, ढोरचौर) द्वितीय तथा सुदिक्षा चलाउने (सिद्ध माध्यमिक विद्यालय, भडारे) तृतीय हुनुभयो।
कक्षा ५ को गणित सिप मापनमा गौरव बुढाथोकी (एमआरबी एकेडेमी, बाँझकाँडा) प्रथम, समिर कवर (निराजन माध्यमिक विद्यालय, ढोरचौर) द्वितीय तथा नवयुग डाँगी (देउराली माध्यमिक विद्यालय, कुइयाँझोल) र सरोज रेउले (युवा जनता आधारभूत विद्यालय, दारिमटाकुरा) संयुक्त रूपमा तृतीय हुनुभयो।
चित्रकला प्रतियोगितामा आयुष कवर (निराजन माध्यमिक विद्यालय, ढोरचौर) प्रथम, पारस बस्नेत (ब्राइट ह्युमन एकेडेमी, ढोरचौर) द्वितीय तथा खिमराज बोहरा (नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, छापडाँडा) तृतीय हुनुभयो।

सात माध्यमिक विद्यालय सहभागी विज्ञान प्रदर्शनीमा निराजन माध्यमिक विद्यालय, ढोरचौर प्रथम, महेन्द्र आदर्श माध्यमिक विद्यालय, बाँझकाँडा द्वितीय तथा शान्ति सुन्दर माध्यमिक विद्यालय, खार्वन तृतीय घोषित भए।
विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत विद्यार्थीको पठन, गणितीय क्षमता, सिर्जनशीलता तथा वैज्ञानिक सोचको विकासमा महत्वपूर्ण योगदान पुगेको सहभागीहरूको भनाइ रहेको छ।








