थारमारे, सल्यान२६ । जनकल्याण नमुना माध्यमिक विद्यालय, थारमारेमा हुन गइरहेको विद्यालय व्यवस्थापन समितिको निर्वाचनलाई लक्षित गर्दै भूपेन्द्र बोहरा नेतृत्वको टिमले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। “सक्षम नेतृत्व, समृद्ध विद्यालय” भन्ने मूल नारासहित मैदानमा उत्रिएको टोलीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पारदर्शी व्यवस्थापन र दिगो विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको जनाएको छ।
टिमका उम्मेदवारहरूले विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न गुणस्तरीय शिक्षा, विद्यार्थीमैत्री वातावरण, उत्तरदायी व्यवस्थापन तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्ष पदका उम्मेदवार पिमलाल शर्मा (भाले चिन्ह), सचिव पदका उम्मेदवार तुल्सा डी.सी. (माछा चिन्ह), सह–उद्योग संयोजक भूपेन्द्र बोहरा (परेवा चिन्ह) तथा कोषाध्यक्ष पदका उम्मेदवार सरिता डी.सी. भण्डारी (खसी चिन्ह) सहितको टोलीले विद्यालयको समग्र विकासका लागि साझा योजना अघि सारेको जनाएको छ।
उम्मेदवारहरूले विद्यालयमा पारदर्शी र जवाफदेही व्यवस्थापन, भौतिक पूर्वाधार विस्तार, विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन तथा अभिभावक र समुदायसँग सहकार्य बढाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो टिमलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरेका छन्।
आगामी निर्वाचनमा मतदाताहरूको अमूल्य मतले विद्यालयको भावी दिशा निर्धारण गर्ने भएकाले शिक्षा सुधार, व्यवस्थापनमा पारदर्शिता र विकासमा निरन्तरताका लागि भूपेन्द्र बोहरा नेतृत्वको सम्पूर्ण टिमलाई विजयी गराउन उनीहरूले अनुरोध गरेका छन्।
“हाम्रो प्रतिबद्धता : हाम्रा पदाधिकारी, विद्यालयको जिम्मेवार” भन्ने सन्देशसहित टिमले विद्यालयको उज्ज्वल भविष्य निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाएको छ।