जेठ ०५ जाजरकोट । जाजरकोट जिल्लाको शिवालय गाउँपालिका–१ नम्बर वडामा राष्ट्रिय स्वतन्त्र पार्टी तदर्थ वडा समिति गठन गरिएको छ । गाउँपालिका कमिटी सभापति पुर्ण समीर महताराको उपस्थितिमा सम्पन्न भेलाले गोपाल बहादुर महताराको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । कार्यक्रममा जिल्ला सदस्य समिति सरिता पुनको समेत उपस्थिति रहेको थियो ।


गठित समितिको सभापतिमा गोपाल बहादुर महतारा चयन भएका छन् भने उपसभापतिमा पृथी बहादुर सुनार र सचिवमा वीर बहादुर पुन चयन भएका छन् ।


त्यसैगरी सदस्यहरूमा गणेश राना, महेन्द्र राना, झलक राना, भवानी पुन, पानसरा राना, दिलु पुन मगर, बबिता बाठा तथा प्रेम बहादुर बिक रहेका छन् ।


भेलामा बोल्दै गाउँपालिका कमिटी सभापति पुर्ण समीर महताराले संगठन विस्तारसँगै जनताको मुद्दा उठाउन पार्टी थप सक्रिय भएर अघि बढ्ने बताएका थिए । नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनले वडा तहसम्म पार्टी संगठन मजबुत बनाउने लक्ष्य रहेको उल्लेख गरे ।