८ फागुन २०८२, शुक्रवार ,नेपाली कांग्रेस बागचौर नगरपालिका वडा नं. ७ द्वारा आयोजित चुनावी सभा बागचौर नगरपालिका–७, सल्यानमा उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशबहादुर बिष्ट, कर्णाली प्रदेश सह–महामन्त्री तथा निर्वाचन परिचालन समिति संयोजक एकराज डाँगी, नेता तथा पूर्व जिल्ला विकास समिति सभापति ध्रुवराज पुरी, कांग्रेस सल्यानका सचिव एकराज बुढाथोकी, सह–सचिव तथा बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, महाधिवेशन प्रतिनिधि नेत्र वली, दीपेन्द्र खत्री, कर्णाली प्रदेश सदस्य रुद्र चन्द, सुरेश चन्द, जिल्ला सदस्य शेरबहादुर घर्ती, ईश्वरी खत्री, क्षेत्रीय सभापति तथा पूर्व क्षेत्रीय सभापति गोरख केसी, नगर सभापति दिपेश डिसी र रमेश गौतम लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी परित्याग गर्दै मोहन वली, भूमप्रसाद वली र देवराज वलीले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले टीका तथा खादा लगाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेताहरूले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारको विजय सुनिश्चित गर्न सम्पूर्ण नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई एकताबद्ध भई सक्रिय रूपमा लाग्न आह्वान गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता वडा सभापति टिकाराम डाँगीले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव विवेक खड्काले गर्नुभएको थियो।









