सल्यान असोज ५ – बागचौर नगरपालिका–८ कोटमौलास्थित ऐतिहासिक तथा पौराणिक रानिपोखरीमा यस वर्षको खेलकुद तथा सांस्कृतिक कार्यक्रम आज औँसीको दिन भव्यताका साथ सम्पन्न हुदैछ। जिल्लामै उत्कृष्ट मेलामध्ये मानिने रानिपोखरी मेलाको सुरुवात स्व. नोखु डाँगीले गरेका थिए भन्ने मान्यता रहिआएको छ।

फिल्डको बीचमा रहेको पोखरी अहिले केही व्यवस्थापन गरिएको छ। दशैंको घटस्थापना अघिल्लो दिनमा लाग्ने यस मेलामा सल्यानसहित रोल्पा, रुकुम, सुर्खेत, दाङ लगायतका जिल्लाबाट मेलार्थीहरू आउने गर्दछन्।
कार्यक्रम अन्तर्गत आज स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने छन भने पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलले मेलाको आकर्षण थपिने बिश्वास गरिएको छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको रानिपोखरी मेला स्थानीय मात्र नभई बाहिरबाट आएका पाहुनाहरूका लागि पनि ठूलो आकर्षणको केन्द्र बनेको छ।
रानिपोखरी मेला ब्यबस्थापन समितिले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रम असोज २गतेदेखि संन्चालमा आएको थियो भने असोज ५ गते सप्पन्न गर्दछन ।








