असोज ०६ सल्यान । अस्ट्रेलियामा बस्दै आएकी पवित्रा न्यौपाने को दुरी टाढा छ २ ( झम्टी झम्टी रुन मन छ ) गितको भिडिओ सार्वजनिक भएको छ । दुई बर्ष अगाडि सार्वजनिक भएको ´दुरी टाढा छ ` गितको सफलता पछि न्यौपानेले सोही गितको भाग २ सार्वजनिक गरेकि हुन ।
दुरी टाढा छ २ ( झम्टी झम्टी रुन मन छ ) सार्वजनिक भएको ४ दिन नबित्दै युट्युबको ट्रेडिङमा समेत प्रवेश गरेको छ । सामाजिक संजाल टिकटक फेस्बुक रिल्स लगायतमा उक्त गितका शव्दमा टिकटक रिल्स बनाउनेको संख्या ह्वात्तै बढिरहेको छ ।
आफ्नो मायालाई भेटेर झम्टी झम्टी रुन मन लागेको गितका शव्दमा समावेश गरिएको छ ।
गितमा लोकप्रिय गायक रोशन सिंह सिम्रन परियारले आवाज दिएका छन् । गितको शब्द संगित रोशन सिंहले नै गरेका हुन् ।
सिर्जन बराल ( ऋषि ) को कथा निर्देशन जिबि चिरञ् , पबित्रा न्यौपाने र स्वाभिमान सुबेदी भिडियोमा फिचर्ड भएका छन् । बालाकारमा उपेश ढकाल र आरध्या आरएल शाह रहेका छन् । भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन ।
भिडियो :-








