बैशाख ०२ , सल्यान – नेपाली गितसंगितमा गायिक गोबिन्द पराजुलीको ´जुनकीरी `को म्युजिक भिडियो सार्वजनिक भएको । आज ( आइतबार ) राजु सुनाम अफिसियल युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
नयाँ बर्षकै सुरुमा उक्त गितको म्युजिक भिडियो बजारमा आएको छ । गितसंगितमा पछिल्लो समयका व्यस्त सर्जक एरेन्जरको रुपमा सुनाम लाई लिन सकिन्छ । महिनैपिच्छे उनका गितहरु बजारमा सार्वजनिक हुँदै आएका छन । यसै विचमा उनको शब्द संगित म्युजिक एरेन्जरमा रहेको गित जुनकीरी सार्वजनिक भएको हो ।
पछिल्लो समय सबैको मनमा बस्न सफल लोकप्रिय गायिका शान्तिश्री परियार र गोबिन्द पराजुलीको उक्त गितमा आवाज रहेक छ । एचबिएन किसमतले उक्त गितको मिक्सिङ्ग गरेका छन । गितको अडियो स्टुडियो वान डिबि एचडीले निर्माण गरेको छ ।
पुन्की सुरज को निर्देशनमा अनुभव पौडेल , संगिता सुनार , कमल परियार र लक्ष्मी सिर्पाली लगायतका कलाकार भिडियोमा फिचर्ड भएका छन । म्युजिक भिडियो सम्पादन सागर महतले गरेका हुन् ।
भिडियो हेर्न :-








