३० चैत २०७८, बुधवार
बागचौर नगर प्रमुख लोकमान बुढाथोकी ले आफुले प्रयोग गर्दै आएको
बा२ झ ४५३५ नम्बरको स्कारपियो गाडी नगरपालिका लाई फिर्ता गर्नु भएको हो |
बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल लगायत अन्य कर्मचारीहरुको
उपस्थितिमा कार्यालयलाई फिर्ता गर्नुभएको श्रोतले जनाएको हो
निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सवारीसाधन फिर्ता गरेको बुढाथोकीले बताए ।
स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने घोषणा भएपछी जिम्मेवार जनप्रतिनीधीहरुद्वारा
निर्वाचनमा गाडीको दुरुपयोग नहोस भन्दै आफु चढ्ने गाडी फिर्ता गरेको नगरप्रमुख बुढाथोकीको भनाई छ ।
आफुले प्रयोग गरेको गाडी फिर्ता गर्ने बुढाथोकी सल्यानको पहिलो जनप्रतिनिधि बन्नुभएको हो।









