२९ माघ २०८२, बिहिवार

नेपाली कांग्रेस सल्यानद्वारा ८ समिति गठन, केश बहादुर बिष्टको जीत सुनिश्चित गर्न विशेष अभियान सुरु
सल्यान, फागुन २१: आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सल्यानले आफ्ना उम्मेदवार केश बहादुर बिष्टको जीत सुनिश्चित गर्न ८ वटा समिति र एक विशेष अभियान समिति गठन गरेको छ। पार्टीका अनुसार, यी समितिहरूले चुनावी अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखेका छन्।
भेलाको संयोजन एकराज डाँगीले गरेका थिए। कार्यक्रममा सहभागी नेता र कार्यकर्ताहरूको सहमतिमा प्रचार–प्रसार तीव्र बनाउने र जनसम्पर्क विस्तार गर्ने उद्देश्यले समितिहरू गठन गरिएको जनाइएको छ।
गठित समितिहरू:
प्रचार–प्रसार समन्वय समिति – संयोजक: प्रकाश भण्डारी
ट्रेड युनियन तथा भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय समिति – संयोजक: दिल्ली प्रसाद जैसि
बुद्धिजीवी तथा सामाजिक समन्वय समिति – संयोजक: डा. निरज केसी
विद्यार्थी परिचालन समन्वय समिति – संयोजक: केशव डाँगी
तरुण परिचालन समन्वय समिति – संयोजक: एगराज वली, सह–संयोजक: प्रमोद भण्डारी
महिला परिचालन समिति – संयोजक: सुस्मिता सापकोटा
सूचना तथा सञ्चार उप–समिति – संयोजक: रेसम डिसी
अनुरक्षण तथा व्यवस्थापन समिति – संयोजक: एकराज बुढाथोकी, सह–संयोजक: सनत कुमार शर्मा
साथै, विशेष अभियान समिति पनि गठन गरिएको छ:
संयोजक: ग्रेट गिरी
सह–संयोजक: अनिल भण्डारी
भेलामा चुनावी रणनीति, घरदैलो कार्यक्रम, जनसम्पर्क विस्तार र संगठन सुदृढीकरणमा समेत विस्तृत छलफल भएको थियो। नेपाली कांग्रेसले सबै तह र वर्गलाई समेट्दै प्रचार–प्रसार, घरदैलो, भेटघाट तथा जनसम्पर्कमा तीव्रता दिने जनाएको छ।
पार्टीका नेताहरूले आश्वासन दिएका छन् कि केश बहादुर बिष्टको विजय सुनिश्चित गर्न योजनाबद्ध र संगठित अभियान अघि बढाइनेछ।