२६ माघ २०८२, सोमवार रोल्पाको त्रिवेणी गाउँपालिकाको लिङ्गदुङमा जन्मिएका १४ वर्षीय अमृत बिकको गीत गाउने सपना पुरा भएको छ। सानै उमेरदेखि गीतसंगीतमा चासो राख्दै आएका र मिठो स्वर भएका बिकको गीत गाउने सपना पत्रकार रूपलाल बुढाथोकीले पूरा गरिदिएका छन् । सल्यानमा सञ्चालन भएको दोस्रो प्रादेशिक महोत्सवमा गायक अर्जुन सापकोटालाई फोटो उपहार लिएर आएका अमृत बिक सामाजिक सञ्जालमा त्यतिबेलादेखि भाइरल भएका थिए। उनको चौतर्फीको चर्चा बढेसँगै पत्रकार रूपलाल बुढाथोकी सहितको टिमले उनको भिडियो सार्वजनिक गरिरहेका थिए। जसमा गायक अर्जुन सापकोटाले समेत राम्रो प्रतिक्रिया दिएका छन्।

विभिन्न दर्जनौँ मिडियाले उनको फोटो भिडियो सार्वजनिक गर्दा पनि उनको चर्चा पनि हुन सकेको थिएन र उनको गीत गाउने सपना अल्झिरहेको थियो।सरस्वती मावि रोल्पामा कक्षा ९ मा पढिरहेका अमृत बिक राजु बिक र मनिषा बिकका छोरा रहेका छन्। उनको यो १४ वर्षको उमेरमा गीत गाउने सपना अन्तत सल्यानका पत्रकार रूपलाल बुढाथोकीले पूरा गरिदिएकोमा पत्रकार बुढाथोकीलाई स्थानीय र घरपरिवारले ठूलो सम्मान दिएका छन् । अहिले अमृतले इन्द्रेणी लगायतका चारवटा दोहोरी साँझहरूमा दोहोरी गाइसकेका छन्। जसमा बहुचर्चित गायिका टिका सानुसँग समेत गाइसकेका छन्।
उनको आमा बोलको गित वजन रेकडिङ स्टुडियो मा गित रेकर्ड गरिएको छ।








