२२ माघ २०८२, बिहिवार कुवेतमा घरेलु हिंसा तथा मानसिक यातना खेप्दै आएकी जाजरकोटकि सर्मिला नेपालि लाई उदार गरि नेपाल् ल्याइएको छ । घर खर्चको जोहो गर्न कुवेत उडेकि सर्मिला नेपाली अन्ततः गलत ठाउँमा फसे पछि घरेलु हिंसा र मानसिक यातना खेप्न बाध्य हुनुभएको थियो । र उहाँका आफन्तले खबर गरिसकेपछि रुपेश वाग्चनको बिशेष पहलमा उहाँको टोलिले कुवेत बाटै तत्काल उदार गरेको हो ।

बिगत लामो समय देखि यस क्षेत्रमा काम गर्दै आउनु भएका र हाल सम्म दर्जनौं वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा विविध कारण फसेका नेपाली लाई उदार गरिसक्नु भएका रुपेश वाग्चनले कुनैपनी व्यक्ति वैदेशिक रोजगारीको सिलसिलामा कहिकतै अलपत्र र हिंसा सहेर बसिरहेको भए तत्काल आफुलाइ खबर गर्न समेत जानकारी दिनु भएको। पुर्व शस्त्र प्रहरी समेत रहनु भएको रुपेश वाग्चन हाल काठमाडौंमा रहेर सामाजिक कार्य गर्दै आउनु भएकोछ भने उहाँको घर सल्यान शारदा नगरपालिका ६ म रहेकोछ ।








