माघ १० – सल्यान जिल्लामा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केश बहादुर बिष्टको पक्षमा चुनावी माहोल तीव्र रूपमा सशक्त बन्दै गएको छ। जिल्लाका शहरी तथा ग्रामीण भेगमा भइरहेको घरदैलो अभियान, जनसभा र भेटघाट कार्यक्रममा नागरिकहरूको उल्लेखनीय सहभागिताले बिष्टप्रति जनविश्वास अझ बलियो बन्दै गएको देखिन्छ।
लामो समयदेखि पार्टी संगठन निर्माण, जनसेवा र सामाजिक अभियानमा सक्रिय रहँदै आएका बिष्टलाई एक अनुभवी, इमानदार र जनमुखी नेताको रूपमा मतदाताले लिने गरेका छन्। जिल्ला सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै विकास र समन्वयमा खेलेको भूमिकाका कारण उहाँप्रति सबै वर्गको सकारात्मक धारणा बनेको स्थानीयको भनाइ छ।
चुनावी प्रचारका क्रममा बिष्टले सल्यानको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विस्तारलाई प्राथमिक एजेण्डा बनाउँदै आउनुभएको छ। उहाँका स्पष्ट विचार, सरल जीवनशैली र जनतासँगको आत्मीय सम्बन्धले मतदातालाई थप आकर्षित गरेको विश्लेषकहरू बताउँछन्।
स्थानीय युवा, महिला तथा बुद्धिजीवी वर्गबाट समेत बिष्टलाई व्यापक समर्थन प्राप्त भइरहेको छ। “काम गरेर देखाएका नेता भएकाले यसपटक सल्यानले सही प्रतिनिधि पाउने विश्वास छ,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए।
चुनाव नजिकिँदै जाँदा केश बहादुर बिष्टको पक्षमा माहोल थप उत्साहजनक बन्दै गएको र रुख चिन्हमा मतदान गरी विजयी गराउने जनलहर मजबुत बन्दै गएको स्पष्ट देखिन थालेको छ।