सल्यान पुस२६ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानले कर्णाली प्रदेशका महामन्त्री श्री ललित चन्दलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
सृजनशील, जुझारु र अत्यन्तै क्रियाशील नेताका रूपमा परिचित चन्दलाई पार्टीले सर्वसम्मत रूपमा उम्मेदवार घोषणा गरेको हो। संगठन विस्तार, जनसरोकारका मुद्दा र कर्णाली प्रदेशमा पार्टी मजबुत बनाउन चन्दले निर्वाह गर्दै आएको भूमिकालाई मूल्याङ्कन गर्दै यो निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ।
पार्टीका अनुसार, फागुन २१ को निर्वाचनमा परिवर्तनमुखी राजनीति स्थापना गर्न चन्द सक्षम उम्मेदवार हुने विश्वास लिइएको छ। उम्मेदवार सिफारिससँगै पार्टी पंक्ति, शुभेच्छुक र समर्थकहरूले चन्दलाई बधाई तथा अग्रिम शुभकामना व्यक्त गरिरहेका छन्।
सिफारिस कार्यक्रम आज विशेष कार्यक्रमको बिच सम्पन्न भएको थियो।








