सल्यान पुष १८,शारदा नगरपालिका स्तरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
गत कार्तिक २० गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता भइसकेपछि सो एकताको सन्देश गाउँ–टोलसम्म पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम शारदा नगरपालिकाका सबै वडामा क्रमशः सञ्चालन गरिने जानकारी समेत गराइएको छ।
कार्यक्रममा विभिन्न तहका नेताहरूले सम्बोधन गर्दै पार्टी एकतालाई दिगो र बलियो बनाउन सबै नेता–कार्यकर्ता बीच आपसी विश्वास, सहकार्य र एकताबद्ध प्रतिबद्धता आवश्यक रहेको कुरामा जोड दिएका थिए।