४ पुष सल्यान , सल्यानको बागचौर नगरपालिका वडा नं ४ लाैरावाङ कि गोप्य अङ्गको क्यानसर पिडित लिला परियारको उपचारका लागि १०,१७,००० रुपैया सहयोग सङ्कलन भएको छ ।विगत ५ महिनादेखि क्यान्सरको कारण घरमै थला परिरहेकि लिला परियारलाई छिमेकी रमिता वलि, लक्ष्मी वलि, झरना परियार ले लिला परियार बचाउ अभियान संचालन गर्नु भएको थियो।उक्त अभियानमा जोडिदै गत कात्तिक २३ गते सहयोगको अपिल गर्दै समाजसेवी पत्रकार महेश बस्नेत र रुपलाल बुढाथोकी ले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्नुभएको थियो ।

जुन भिडियो हेर्दै विभिन्न देश तथा विदेशमा रहेका नेपालीले लिला परियारलाई जसरि पनि बचाउनुपर्छ भन्दै सहयोग गरेका हुन । यो अभियान सञ्चालन गरिरहँदा सहयोग गर्ने सहयोगी लाइ धन्यबाद दिदै सहयोग रकम सार्वजनिक गर्ने क्रममा पत्रकार महेश बस्नेत र रुपलाल बुढाथोकी लाई घरमै बोलाएर स्थानियले सम्मान गरेका हुन ।अहिले उनको उपचार चितवन क्यान्सर अस्पतालमा भइरहेको छ।








