२७ मंसिर २०८२। सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ थारबारेमा एकाइ नम्बर ४ का २४ वटा केन्द्रको २८ औँ वार्षिक साधारण सभा जनकल्याण नमुना मा. वि थारमारेमा आज सम्पन्न भएको छ। जसमा प्रमुख अतिथि जनकराज गौतम नगरपालिकाका नगरप्रमुख रहनुभएको थियो।कार्यक्रम को उद्घाटन नगर प्रमुख जनकराज गौतमले पानसमा बत्ति बालेर गर्नुभएको हो।

कुनैपनि व्यवसाय तथा कुनै पनि काम गर्ना कुनै पनि ऋण सहकारी संस्था मा जोडिनु पर्ने आवश्यकता रहेको प्रमुख अतिथि गौतमले बताउनुभएको हो।यदि संस्थामा ऋण लिएर समयमै फिर्ता गर्ना नसके नगरपालिका बाट उपलब्ध हुने सेवा बाट बञ्चित हुने निएम पनि भै सकेको प्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर के सि ले जानकारि गराउनु भएको छ

प्रगति बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट पुरस्कारहरू वितरण गर्दै आइरहेको छ ।सोही अनुरूप यस वर्ष पनि छात्र वृर्त पुरस्कार अन्तर्गत पढाइमा उत्कृष्ट नतिजा प्राप्त गर्ना सफल केन्द्र नम्बर ६५ का सदस्य मिना के सी ओली का छोरा विशाल ओली ले ३.९१ जि.पि. य ल्यायर सम्मानित हुनुभयो ।यस्तै छात्रातर्फ उत्कृष्ट नतिजा प्राप्त गर्दै तोला बुढाथोकीकी छोरी सुजता बुढाथोकीले ३ . ८३ जि. पि . य सहित सम्मानित हुनुभयो

यस्तै आर्थिक वर्ष २०८१/८२ को उत्कृष्ट केन्द्र पुरस्कार विमला बुढाथोकि ले पाउनु भएको छ ।
कार्यक्रममा बन्द शत्र मा १३ वटा बुदा राखिएको अध्यक्ष के सी ले वाचन गर्नुभएको थियो भने सबै लाभ ग्राहकले सर्वसम्मत रुपमा पारित गरेका हुन।








