२६ मंसिर २०८२ । सल्यान जिल्लाको बागचोर नगरपालिका २ खरीबोट त्रिवेणी शिवालय मन्दिरमा वैदिक सनातन धर्मको संरक्षण गरी त्रिवेणी शिवालय मन्दिरको संरक्षण सम्बर्धनका साथै मन्दिर जिर्णद्वार गरी भौतिक पूर्वाधार विकासार्थ मिति २०८२ मंसिर १८ गतेदेखि २५ गतेसम्म सञ्चालन भइरहेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ एवं श्रीङ्गारिक महाआरति विहिबार बाट सम्पन्न भएको छ। जुन महायज्ञमा प्रमुख कथावाचकको रूपमा सुप्रसिद्ध कथावाचक रामानुजदास सन्तोषजी महाराजज्यूको आगमन भएको थियो।

उपवाचकको रुपमा वासुदेव रामानुजदास को आगमन रहेको थियो । सप्ताह मा भक्तजनहरुको घुइचो देखिने गरेको थियो।अझ दिनमा भन्दा पनि रातिमा बढि भक्तजनको उपस्थिति रहने गरेको मध्यपहाड खबर का रिपोर्टर गोरख डाँगी ले जानकारी दिएको छ। कार्यक्रम मा राष्ट्रिय भजन गाएक राम थापाको समेत उपस्थिति रहेको थियो।बाध्यबाधक को टिम पनि उपस्थिति भएकाले आझ कार्यक्रम सञ्चालनमा सहज भएको थियो।

उक्त महा आरतीमा बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डि सी ,नगर प्रवक्ता दिपेश डि सी, कर्णाली प्रदेश वन तथा वातावरण मन्त्री सुरेश अधिकारी को समेत आगमन रहेको थियो। साथमा सल्यानी गायक शक्ति चन्द काे पनि प्रस्तुति रहेको थियो।कार्यक्रम सुरक्षाकर्मीको सहयोगले सफलतापूर्वक सम्पन्न भएको हो








