२६ मंसिर २०८२ ।सल्यानको शारदा नगरपालिका ५ तल्लो मार्केमा रहेको श्री जनकल्याण प्राथमिक बिधालयले हाल ३२ जना अति गरिब ,घरवारविहीन , टुहुरा जो विभिन्न कारण शिक्षा क्षेत्र बाट बन्चित छन त्यस्ता बिद्यार्थी लाई खान , बस्न , लाउन सहित गुणस्तर शिक्षा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म नगरपालिका र सहयोगी दाता बाट आएको सहयोगले आवासीय बिधालय सन्चालन हुँदै आएको सहायक प्रधानध्यापक कृष्ण वलिले जानकारी दिनु भयो । आज मात्रै वन डिभिजन कार्यलय सल्यानका प्रमुख टेक बहादुर रवालले आफ्नो जन्मादिनको अवसरमा १०० किलो चामल , २० किलो दाल र १ गत्ता खाने तेल हस्तान्तरण गर्नुभएको हो । सहायक प्रधानध्यापक कृष्ण वलि भन्नू हुन्छ सहयोगी दाता खोज्न अहिले हरेक दिन कस्को जन्मादिन पर्यो , कस्को वैवाहिक वर्ष पर्यो भनेर खोज्दै बस्छु , आवासीय बिधालय संचालन गर्न निकै कठिन रहेको बताउनु भयो ।

हाल विद्यार्थी लाई हरेक शुक्रबार क्षामता अनुसारका बिद्यार्थीको ग्रुप बनायर सीप मुलक कक्षा जस्तै : होटेल लाइन , बोल्ने कलाको बिकाश , बौद्धिक क्षेत्रका कक्षा संचालन गर्दै आएको समेत बताउनु भयो । र उहाँले यस्ता समस्या केही हतसम्म भए पनि समाधान गर्न आगामी दिनमा बिधालय भित्रै तरकारी खेती लाई पनि बिस्तार गर्ने जानकारी दिनुभएको हो ।जन्मदिनको अवसरमा सो विशेष कार्यक्रम भएको मध्यपहाड खबर खलङ्गाका रिपोर्टर महेश बस्नेतले जानकारी दिनुभयो ।








