सल्यान, मंसिर २४ —
७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज सल्यान शाखाले आज एक विशेष कार्यक्रम आयोजना गरेको छ। ब्यानरमा उल्लेखित मिति, समय तथा स्थानअनुसार सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सल्यानका वरिष्ठ उपाध्यक्ष राजेन्द्रकुमार थापा प्रमुख आतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज कर्णाली प्रदेश सचिव डिल्ली प्रसाद जैसी प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो।
त्यसैगरी अतिथिहरूमा मानवअधिकार तथा शान्ति समाज सल्यान शाखाका निवर्तमान सभापति बिमला डाँगी, प्रजातान्त्रिक विचार समाज सल्यानका अध्यक्ष शिव रेग्मी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सि.ए. दिलमान सिंह चन्द, ने.का. जिल्ला कार्यसमिति सल्यानका पूर्व उपसभापति तुलसीराम बस्नेत, नेपाली कांग्रेस प्रदेश सदस्य सुशीला बस्नेत खड्का, निजामती कर्मचारी सङ्घ सल्यानका अध्यक्ष लिलाधर बबाल, होटल व्यवसायी सङ्घ कर्णाली प्रदेश उपाध्यक्ष मानबहादुर ओली लगायत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमा समेटिएका विषयहरूमा अतिथिहरूले आ–आफ्नो धारणा राख्दै मानवअधिकार संरक्षण, प्रवर्द्धन र संस्थागत बलियोपनाका लागि बहुआयामिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमको स्वागत तथा अवधारणा पत्र वाचन शाखाका उपसभापति शिवकुमार शर्माले गर्नुभएको थियो।
त्यसैगरी कार्यक्रम सञ्चालन मानव अधिकार तथा शान्ति समाज सल्यान शाखा सदस्य डिल्ली कुमार डाँगीले गर्नुभएको थियो।
कार्यक्रम मानवअधिकार तथा शान्ति समाज सल्यान शाखाका सभापति अङ्गेश्वर डाँगीको सभापतित्वमा सम्पन्न भएको थियो।








