मंसिर १२,बागचौर नगरपालिका–८ सल्यानको कालिका माध्यमिक विद्यालयमा आज शुक्रबार मंसिर १२ गते ‘लिलानाथ–सन्दीप योगी स्मृति अक्षयकोष पुरस्कार’ वितरण तथा सामुदायिक परीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथिमा वडा अध्यक्ष सुशील जङ्ग चन्द को सहभागिता थियो ।

पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्वज बहादुर चन्द, यज्ञबहादुर चन्द, पूर्व प्रधानाध्यापक रत्नलाल बुढाथोकी, समाजसेवी तथा जग्गादाता ओपेन्द्रनाथ योगी, पत्रकार लोकमान चन्द लगायत स्थानीय अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्व. सन्दीप योगी र लिलानाथ योगीका घरपरिवारका सदस्यहरूको पनि विशेष उपस्थिति रहेको विद्यालयले जनाएको छ।

कार्यक्रममा निमित्त प्रधानाध्यापक होमबहादुर बुढाथोकीले विद्यालयको आर्थिक वर्ष २०८१/०८२ काे सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक टेकबहादुर डि.सी.ले गर्नुभएको थियो भने सभा अध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरा लाल न्यौपाने रहनुभएको थियो।
यस वर्ष स्मृति अक्षयकोषबाट शैक्षिकसत्र २०८१ काे वार्षिक परीक्षामा उत्कृष्ट जि. पि. ल्याउने माेहन नाथ याेगी ( कक्षा१) , शिवराज डाँगी( कक्षा ९) र मिना डाँगि (कक्षा ११) लाई जनही रु. ६४०/- का दरले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयले जानकारी दिएको छ।

विद्यालयले पुरस्कारले विद्यार्थीमा अध्ययनप्रति प्रेरणा र प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गरेको छ।











