सल्यान कार्तिक२९ । मानव अधिकार तथा शान्ति समाज सल्यान शाखाको २६ औँ साधारण सभा उद्योग वाणिज्य सङ्घ सल्यान, श्रीनगरको सभाहलमा भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल रहनुभएको थियो भने विशिष्ट अतिथिमा उद्योग वाणिज्य सङ्घ सल्यानका उपाध्यक्ष राजेन्द्र भण्डारी, मानव अधिकार तथा शान्ति समाजका प्रदेश सचिव तथा केन्द्रीय पर्यवेक्षक दिल्लीप्रसाद जैसी उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति कोमल डि.सी., भूमि आयोग सल्यानका अध्यक्ष वीरबहादुर सेजुवाल, शिक्षक महासंघ सल्यानका अध्यक्ष लक्ष्मीनारायण के.सी., ट्रेड युनियन कांग्रेस सल्यानका अध्यक्ष डिल्लीकुमार डाँगी, शिक्षक सङ्घ सल्यानका सचिव ललित पुन, गैरसरकारी संस्था महासङ्घ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी, प्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम के.सी., पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष खगेन्द्र के.सी., होटल व्यवसायी महासंघका अध्यक्ष मानबहादुर ओली, समाजसेवी तथा राजनीतिक व्यक्तित्व तुलसीराम बस्नेत, संस्थाका पूर्व सभापति तथा सल्लाहकार विष्णु शर्मा, तथा शाखा सदस्य कमला के.सी. लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्दै संस्थाको भूमिकाको प्रशंसा गरेका थिए।

कार्यक्रममा शाखाको सांगठनिक प्रतिवेदन सभापति अंगेश्वर डाँगीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन शाखाका कोषाध्यक्ष क्षेत्रबहादुर बि.क.ले पेश गर्नुभयो।
कार्यक्रमको सन्चालन शाखाका सचिव भक्तबहादुर चन्दले गर्नुभएको थियो।
उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्य शाखाका उपसभापति शिवकुमार शर्माले प्रस्तुत गर्नुभएको थियो।

सभाको समापन सल्यान शाखाका सभापति अंगेश्वर डाँगीको सभापतित्वमा सम्पन्न भएको थियो।

मानव अधिकार संरक्षण, सामाजिक न्याय र शान्ति प्रवर्द्धनमा संस्थाको लगातारको भूमिका उल्लेखनीय रहेको वक्ताहरूले बताएका थिए।








