२५ कार्तिक २०८२,सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं ७ कोटबारा मा परम्परागत पाैराणिकत्रिवेणी मेला २०८२ प्रथम सांस्कृतिक त्रिवेणी कप प्रतियोगिता हुने भएको छ। पहिले नाचगान गरेर एक दिन मात्र मेला मनाउने चलन रहेको तर यसपटक भने विभिन्न कार्यक्रम को साथ सञ्चालन गर्ने निर्णय भएको छ ।पुरानो रिति रिवाज कला भाषा तथा साँस्कृतिलाइजोगाउने उद्देश्यका साथ कार्यक्रमआयोजना गरिएको साँस्कृतिक संयोजक शक्ति चन्दले जानकारी दिनुभयो।कार्यक्रममा विभिन्न रमाइला रमाइला खेल को आयोजना गरिएको पनि चन्द ले वताउनु भएको छ।
जुन कार्यक्रम यही मिति २०८२ साल मङ्सिर ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको छ। जसमा राष्ट्रिय खेल भलिबल लगायत अन्य खेलको पनि आयोजना गरिएको छ। साथै राष्ट्रिय स्तरका कलाकारहरूको पनि प्रस्तुति रहने भएको छ।उक्त कार्यक्रम श्री बालबोध आधारभुत बिध्यालय बागचौर नगरपालिका वडा नं ७ कोटबारा मा सञ्चालन हुँदैछ।कार्यक्रम टिम दर्ता गर्न मंसिर २ गत्ते साँझ ५ बजेसम्म समय दिएको छ ।जुन कार्यक्रम तपसिलको मिति समय र स्थानमा सञ्चालन हुँदै छ ।

मिति : २०८२ मंसिर ३ देखि ६ गत्ते सम्म
स्थान : श्री बालबोध आधारभूत विद्यालय बागचौर नगरपालिका वडा नं ७ कोटाबारा सल्यान








