सल्यान असोज ८, — जिल्ला प्रशासन कार्यालय सल्यानमा तयार भएका राष्ट्रिय परिचयपत्र स्मार्ट कार्ड ईलाका प्रशासन कार्यालय थारमारेबाट वितरण गरिएको छ ।

यससँगै बृद्ध तथा असक्त नागरिकहरूको विवरण संकलन गर्ने कार्य पनि प्रशासन कार्यालयमार्फत सल्यानमै सुरु गरिएको छ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमा प्रमुख जिल्ला अधिकारी उप–प्रहरी नायब उपरीक्षक अनुसन्धान DSP  बिशिस्ट ब्यक्तिको उपस्थिति रहेकोे थियोे ।

प्रशासन कार्यालयका अनुसार यो कार्य नियमित रूपमा संचालन हुनेछ। हाल वडास्तरमा तयार गरिएका कार्डहरू पछि वितरण गरिने जानकारी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।

यसले स्थानीय नागरिकलाई आफ्नो परिचयपत्र लिन सहज हुने र विशेषगरी बृद्ध तथा असक्त नागरिकहरूलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ।