२०८२ असोज २, बागचौर नगरपालिका स्वास्थ्य शाखाद्वारा आ.व. २०८१/८२ को पालिका स्तरीय वार्षिक समीक्षा प्रारम्भ ।

बागचौर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आ.व. २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समीक्षा सभा आजदेखि प्रारम्भ भएको छ।

कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख, स्थानीय स्वास्थ्यकर्मी, सरोकारवाला संस्था तथा समुदाय प्रतिनिधिहरूको सहभागिता रहेको छ।

समीक्षाक्रममा मातृ–शिशु स्वास्थ्य, नियमित खोप सेवा, सरसफाइ, रोग नियन्त्रण, पोषण सुधार, तथा स्वास्थ्य सचेतना अभियानमा प्राप्त उपलब्धि र चुनौतीबारे क्रमशः छलफल गरिँदै छ।

सभाले आगामी आ.व. २०८२/८३ का लागि प्राथमिकताहरू तय गर्ने र स्वास्थ्य सेवा गुणस्तर अभिवृद्धिका रणनीति तयार पार्ने लक्ष्य राखेको छ।

–







