१७ भदौ २०८२, मंगलवार,खोलाले बगाएको मोटरसाइकल फेला पर्यो बागचौर नगरपालिका-२ र ८को सिमाना पर्ने जंघार खोलाले सनिबार बेलुकी ७ बजे तिर बागचौर नगरपालिका वडा नं ९ का फौद बहादुर बुढाथोकी को लु.प्र. ०२-००१प ५०२० नम्बरको मोटरसाइकल शारदा जंघार खोला तर्ने बेला बगाएको हो ।

घर बाट बागचौर थारमारे जाने क्रममा मोटरसाइकल संगै उहालाई पनि बगाएको थियो तर उंहा भने सजिलै निस्कनु भएको थियो । अबिरल बर्षाको ले पानीको बाहाफ धेरै ठुलो र धमिलो भएको ले फेला पार्न सकिरहेको थिएन ।

४ दिन अधि बगेको मोटरसाईकल निरन्तर खोजीपछि मंगल दिउसो बागचौर नगर प्रहरी प्रमुख नवराज चन्दको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आज उक्त मोटरसाइकल फेला पार्न सफल भएको छ ।