२१ जेठ २०८२, बुधवार , स्व. भिम बहादुर ओली को चौथो स्मृति दिवसको अवसरमा जनप्रिय पोलिक्लिनिक प्रा.लि. बागचौरमा महिला ७९ र पुरुष १९ जना गरी ९८ जना बिरामिले निशुल्क सेवा लिए ।

बुधवार जेष्ठ २१ गतेका दिन लामो समय देखी विर अस्पताल र कपिलवस्तु अस्पताल मा कार्यरत जनरल फिजिसियन डा. नसिम अख्तर (DU) भिडियो एक्स-रे (DMU), डा. अरविन्द शाहद्वारा निःशुल्क चेक जाचं भएको संचालक प्रभाकर वलिले बताउनु भयो ।

स्व. भिम बहादुर ओलिको २०७८ साल जेस्ठ २१ गते माहामारी कोरानाका कारण निधन भयको थियो । जनप्रिय पोलिक्लिनिक प्रा.लि. प्रतेक बर्ष उहाको स्मृति दिवसको अवसरमा बिरामि लाई निशुल्क सेवा दिदै आएको छ ।

महिलाको तल्लो पेट दुख्ने, महिनावारी गडबडी, सेतो पानी बग्ने सम्बन्धि चेक जाँच गर्भवती तथा पाठेघर सम्बन्धि चेक जाँच स्तनमा गाठागुठी तथा ,हात खुट्टा झम्‌झमाउने, रिगंटा लाग्ने, खाना मन नलाग्ने, शरीर सिथिल हुने डाक्टर द्वारा माईनर अप्रेसन तथा पलास्टर सेवा ।सुगर, प्रेसर, थाईराइड, ग्यास्ट्रिक, गानोगोला, दम, पायल्स, फिस्टुला लगायत विभिन्न रोग सम्बन्धी दाँत भर्ने, निकाल्ने तथा दाँत राख्ने गिजा सुन्नीएको गिजा बाट रगत बग्ने आदिका उपचार गरियो ।



७० वर्ष माथिको उमेर र अपा‌ङ्गता भएका व्यक्तिलाइ औषधी बाहेक अन्य सेवा निःशुल्क गरीनेछ । रगिन भिडियो एक्स-रे, रगिन एक्स-रे, ल्याबमा ४०% छुट दिइने छ । दाँत सम्बन्धि ३०% छुट दिईने छ ।

शिबिर भोलि २२ गते बिहाबार पनि संचालन हुनेछ ।