७ जेठ २०८२, बुधवार,छाडा बिरामी गाईको बागचौर नगरपालिका सल्यानले उपचार गर्‍यो ।



सल्यान बागचौर नगरपालिका २ ठिनबाङ्ग खोला नजिकै छाडा छोडिएको गाईको शरीरमा चोट लागेकोले घाइते भएको थियो ।

उक्त गाई केहि दिन देखि असक्त भएको ले हिडडुल गर्ने नसक्ने भयपछि ईलाका ट्राफि कार्यलय थारमारे सल्यानका ईन्चार्ज दिनेश श्रेष्ठले जेष्ठ ७ गते बागचौर नगरपालिका पशुशाखालाई जानकारी दिएपछि शाखा प्रमुख टेक बहादुर बस्नेत र पशु शाखा प्राबिधिक लोकेन्द्र डाँगी त्यहाँ पुगि उपचार गर्न थालिएका हुन ।



उपचार पछि गाई घाँस पानी खान थालेको शरीरमा बाहिरी चोट लागेकोले केहि दिन अझै उपचार गर्नुपर्ने प्राबिधिक लोकेन्द्र डाँगि बताउछ्न ।



घाइते भएको देखि पछि गाईको नियमित रेखदेख दानापानी र औंषधि गरिरहेको श्रेष्ठले गरिरहेको छ्न ,निको नहुदा सम्म सेवा गर्ने उनको भनाई छ ।
लामो समयदेखि घाउ भई घाइते तथा असक्त अवस्थामा रहेको गाईको उपचार गरिएको छ । 

थारमारे बजार क्षेत्रमा  विगत १०-१५ दिन देखि उक्त गाई डुल्ने क्रममा गाडीहरूको ठक्करबाट घाइते भएको हुन सक्ने अनुमान छ ।  

गाई पाल्न चाहने किसानलाई सरकारी अनुदान दिनुका साथै अन्य कृषि सम्बन्धी अनुदानमा सहुलियत दिन सके केही हदसम्म छाडा चौपाया व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने, ‘यसमा किसान मात्रै नभई स्थानीय तहदेखि प्रदेश सरकारसम्मले उचित नीति बनाई सहयोग गर्नुपर्छ।’

छाडा चौपाया व्यवस्थापनमा श्रेष्ठले राष्ट्रिय जनावर गाईको उचित व्यवस्थापनका लागि सरकारले योजना बनाएर सहयोग गर्नुपर्ने बताइन्। उनले भने ‘छाडा चौपाया जथाभावी मरिरहेका छन्, यसले अन्य वन्यजन्तुलाई पनि ठूलो असर परिरहेको छ, छाडा चौपाया व्यवस्थापन गर्न सरकारी नीति जरुरी छ।’

पशुपंक्षीसम्बन्धी कसुरअन्तर्गत कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कार्य गरे तीन वर्षसम्म कैद हुने कानुन छ। यस्तै गाई वा गोरुलाई अंगभंग बनाएमा ६ महिना कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा छ।