१९ वैशाख २०८२, शुक्रवार, नेपाली कांग्रेसको युवा भातृ संगठन नेपाल तरुण दलको अधिवेशन बागचौर ८ कोटमौलामा सम्पन्न ।
शुक्रवार बागचौर नगरपालिका वडा नम्बर ८ को अधिवेशन एक कार्यक्रम गरि कोटमौलामा सम्पन्न भएको छ ।
रमेश चन्द अध्यक्षतामा सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएका छन् ।

उपाध्यक्षमा सुजन चन्द र कुबेर चन्द , सचिवमा सुरेन्द्र केसि र अर्जुन केसी , सहसचिव तेज पुरी र सुदिप चन्द ३५जना वडा कार्यसमिति चयनगरिएको छ ।
तरुण दलका क्षेत्रीय सभापति तथा प्रतिनिधि कमल चन्दले अधिवेशन हुन बाँकी वडा नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्न सुरु भएको बताए ।

उनले भने, ‘अब तरुण दल अधिवेशनमा जुटिसक्यो । हामी केही दिनभित्रै क्षेत्रीय समितिको बैठक बोलाएर अधिवेशन गराउँछौं ।’ पार्टी नेतृत्वले समेत अधिवेशन गराउन सहयोग गर्ने बताएकाले जिल्ला अधिवेशन पनि चाँडै हुने जनाए ।

अधिबेशनमा नेपाली कांगेस वडा नं ८ सभापति क्षेत्र बहादुर चन्द उप सभापति प्रेम नाथ योगि , श्रेत्रिय प्रतिनिधि शुसिल चन्द , हिरा लाल न्यौपाने , लिला बहादुर बुढाथोकि प्रेस युनियन सल्यान अध्यक्ष लोकमान चन्द नेपाली कांगेसका युबा नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैको उपस्थिति रहेको थियो ।








