१९ वैशाख २०८२, शुक्रवार
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल अधिवेशन बागचौर नगरपालिका ११ बापुखोलामा सम्पन्न भयो ।
अधिबेशन बाट झलक कुमार वलिको अध्यक्षतामा सर्वसम्मत पदाधिकारी २१ जना वडा कार्यसमिति चयनगरिएको छ ।
तरुण दलका क्षेत्रीय सभापति तथा प्रतिनिधि कमल चन्दले अधिवेशन हुन बाँकी वडा नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्न सुरु भएको बताए ।

उनले भने, ‘अब तरुण दल अधिवेशनमा जुटिसक्यो । हामी केही दिनभित्रै क्षेत्रीय समितिको बैठक बोलाएर अधिवेशन गराउँछौं ।’ पार्टी नेतृत्वले समेत अधिवेशन गराउन सहयोग गर्ने बताएकाले जिल्ला अधिवेशन पनि चाँडै हुने जनाए ।
नेपाली कांगेसका युबा नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैको उपस्थिति रहेको थियो ।








