चैत्र १७ सल्यान – मानव जीवन ईश्वर (प्रकृति)को एक अमूल्य उपहार हो। जीवन शुरू भएको दिनको सम्झना स्वरूप जन्मदिन मनाउने गरिन्छ। परिवारका सदस्य, आत्मीयजन, अनुयायीहरूले शुभकामना दिने गर्दछन्। जीवन अझै सार्थक होस् भनी कामना गरिन्छ । 

आज संचारकर्मी नवीन डाँगी आफ्नो जन्म दिन सम्झिदै भावुक हुन्छन् । उनको जन्म बिं.स २०६१ साल चैत्र १७ गते सल्यान जिल्लाको बागचौर नगरपालिका -३ सोतागारमा भएको हो । आजकै दिन उनी २० बर्ष पूरा भएका छन् ।

तिन दिदिहरु पछाडि उनी जन्मिएका थिए । उनको एक बहिनी छन् । नवीन घरको एक्लो छोरा हुन् । सामान्य परिवारमा हुर्केका उनि निकै कठिनाई सँग उनको बाल्यकाल बित्यो । सानै उमेरमा रेडियो सुन्ने उनी भविस्यमा गएर पत्रकार बनने  सपना सजाएका थिए । बिं.स २०७५ साल असोज महिनाको ७ गते उनले आफ्नै ठाउँको रेडियो मध्यपहाड एफ.एम ८८.२ मेगाहर्जमा एउटा बाल कार्यक्रम चलाउने अवसर पाउछन् ।

उनका तीन दिदी बहिनी तस्वीर :-

त्यहाँ रेडियोका स्टेशन म्यानेजर लोकेन्द्र चन्द लोकमान ले उनलाई उनको आवाजलाई एउटा अवसर दिएका थिए । त्यो सँगै बिस्तारै उमेर बढ्दै जान्छ । समस्या दिनप्रतिदिन थपिदै जान्छन् । उता पढाइ सँगै उनलाई रेडियोमा जीवन बिताउन निकै कठिनाइ आउछ ।

घर एक्लो छोरा भएकाले पनि उनले आफ्नो सपना त्याग गर्न खोज्छन् । उनलाई पढाई अगाडि बढाउन निकै गाह्रो हुन्छ । रेडियोमा काम गर्दा उनले कुनै पैसा पाउदैनन् । उनलाई पैसा कमाउने सोच आउछ । पढ्दा पढ्दै उनी बागलुङ पैसा कमाउनको लागि घर छोडेर हिड्छन । उनले निकै दुख पाउछन् बागलुङमा । कमाएको पैसा मोबाइल समेत हराउँछन । समयले उनलाई झन समस्यासँग लडाउछ । 

फेरि बागचौर फर्किन्छ । एउटा सहकारी संस्थामा उनी आवद्ध हुन्छ । सबै सँग मीठो बोल्न सक्ने इमानदार सहयोगी मनका भावना भएका उनी  फेरि रेडियोमा कार्यक्रम प्रतिभाको आगन सँगै सहकारीमा समय दिन्छन् । सहकारीबाट उनले आफ्नो परिवार चलाउन सक्ने पैसा पाउछन् । 

नवीन यति बेला सबैको मनमा बसन सफल भएका छन् । आज उनी २० बर्ष पूरा हुँदै गर्दा आफ्नो परिवार साथिभाई सबैलाई शुभकामना दिएकोमा हार्दिक धन्यवादका शब्द ब्यक्त गर्दछन ।

नवीन डाँगी लाई मध्यपहाड खबर परिवारको तर्फबाट पनि जन्म दिनको हार्दिक शुभकामना ।