आसन्न स्ववियू निर्वाचनमा सल्यान जिल्ला स्थित ७ वटै क्याम्पराहरुमा निर्वाचन प्रकृ‌याबाट अघि बढ्नको लागि सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (एमाले) निकट भातृ संगठन नेपाल विद्यार्थी संघ र अनेरास्ववियु विच चैत्र ५ गते हुने स्ववियू निर्वाचनमा गठवन्धन गरि देहायको पदीय जिम्मेवारी बाडफांड गरि निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

सोमबार नेपाली कांग्रेस सल्यानका सचिब प्रकाश भण्डारी कांग्रेसनिकट विद्यार्थी संगठन नेबिसंघ र नेकपा एमालेका उपाध्यक्ष ओज बहादुर बुढाथोकी एमालेको विद्यार्थी संगठन अनेरास्ववियु बिच भेटवार्ता नेविसंघ जिल्ला सभापति केशब राज डाँगि र अनेरास्ववियुका जिल्ला अध्यक्ष बिशाल पुनअनुसार सँग आसन्न स्ववियु चुनावबारे छलफल भएको थियो । जसमा दुबै नेतृत्व स्ववियु चुनाव जसरी पनि गठबन्धन को उमेदवारी लाई बिजय गराउनुपर्नेमा सहमत भएको छ ।

डांगिले सामाजिक संजालमा लेखेका छन्, ‘आजको दुई अध्यक्षबीचको कफी बैठकमा आसन्न चैत्र ५ गतेको स्ववियु निर्वाचन सम्पन्न गरेर विद्यार्थी आन्दोलनमा ऊर्जा थप्नुपर्छ भन्ने हाम्रो साझा निस्कर्स रह्यो ।’
यी दुई विद्यार्थी नेताको भेट र संवादको प्रसंगले पनि विद्यार्थी संगठन स्ववियु निर्वाचनलाई लिएर गर्माएको देखिन्छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव चैत ५ मा गर्ने सहमति गरेसँगै विद्यार्थी नेताहरूको दौडधुप देखिन सुरु थालेको हो ।

सल्यान बहुमुखी क्याम्पस नेबिसंघ उपाध्यक्ष सचिब सह सचिब ३ सदस्य अनेरास्ववियु अध्यक्ष कोषाध्यक्ष २सदस्य ,

शिबजन क्याम्पस नेबिसंघ अध्यक्ष कोषाध्यक्ष सह सचिब २सदस्य,
अनेरास्ववियु उपाध्यक्ष सचिब ३सदस्य
जनकल्यान क्याम्पस नेबिसंघ अध्यक्ष कोषाध्यक्ष सह सचिव ३ सदस्य,
अनेरास्ववियु उपाध्यक्ष, सचिब, २ सदस्य
शारदा क्याम्पस नेबिसंघ उपाध्यक्ष, सचिब, सहसचिव, ३सदस्य
अनेरास्ववियु अध्यक्ष , कोषाध्यक्ष, २ सदस्य ,
कपुरकोट बहुमुखी क्याम्पस नेबिसंघ अध्यक्ष कोषाध्यक्ष सह सचिब २सदस्य,
अनेरास्ववियु उपाध्यक्ष, सचिब, १ सदस्य,
बनगाड क्याम्पस नेबिसंघ उपाध्यक्ष, सचिब , सहसचिव, ३ सदस्य अनेरास्ववियु अध्यक्ष कोषाध्यक्ष
फारुला बहुमुखी क्याम्पस नेबिसंघ अध्यक्ष, कोषाध्यक्ष, सहसचिव, ३सदस्य
अनेरास्ववियु उपाध्यक्ष र सचिब पदका लागि उम्मेद्बारी बनाउने तयारी गरिएको पत्र उल्लेख छ ।