सल्यान, १२ कार्तिक ।
सल्यानमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरू ८ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट पराल लिएर छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक आज बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको हो ।