असार ३१, सल्यान ।
सल्यानको बागचौर नगरपालिका सल्यानले आर्थिक बर्ष २०८१/०८२ का लागि ६९ करोड १० लाख बजेट बक्तव्य प्रस्तुत गरेको छ ।

असार ३१ गते सोमबार १२ औं नगर सभा अधिवेशनको दोस्रो बैठक मार्फत आर्थिक बर्ष २०८१/०८२ का लागि बागचौर नगरपालिकाले कुल बजेट रु ६९ करोड १० लाख ९१ हजारको बजेट विनियोजन गरेको हो ।

आर्थिक बर्ष २०८१।०८२ मा चालू खर्च तर्फ रु ४९ करोड २४ लाख ३४ हजार तथा पूजिगत खर्च तर्फ रु १९ करोड ८६ लाख ५७ हजारको बजेट विनियोजन गरिएको हो । १२ औं नगर सभा अधिवेशनको दोस्रो बैठकमा बागचौर नगरपालिकाका नगर प्रमुख यस सभाको अध्यक्ष जनकराज गौतमले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो भने आर्थिक विधेयक सहित बजेट वक्तव्य उपप्रमुख सुम्निमा डि.सी. वलीले प्रस्तुत गर्नुभएको थियो । उक्त सभामा निं प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, वडा अध्यक्ष कार्यपालिका सदस्य ,वडा सदस्य कर्मचारी सुरुक्षाकर्मि पत्रकारको उपस्थिति रहेको थियोे ।

यस्तै फोहरमैला व्यवस्थापन विधेयक सभा सदस्य रेशम वि.क. ले प्रस्तुत गरेका थिए भने । खानेपानी सरसफाइ तथा स्वच्छता विधेयक सभा सदस्य सुशील जंग चन्दले प्रस्तुत गर्नुभएको थियो ।