असार ,०४ सल्यान – जून तारा साहित्य समाज ५ औं वार्षिकोत्सवमा प्रवेश गरेको छ । २०७६ साल असार ४ गते स्थापना गरिएको फेस्बुक मेसेन्जर ग्रुप जून तारा साहित्य समाज आज बाट ५ औं वार्षिकोत्सबमा प्रवेश गरेको हो ।

यस स्थान सम्म ल्याउन साथ दिनु हुने अग्रज, अनुज साहित्यकार ज्यूहरु, साहित्य प्रेमी, पत्रकार, वृद्धि जिबी , हामीलाई र हाम्रो संस्थालाई माया गरि आफ्नो सिर्जनशील साहित्य सिर्जना पढन अबसर प्राप्त गर्नु हुने पाठक ज्यूहरु शुभ चिन्तक सधैं हामीलाइ सहि मार्गमा हिड्न उत्प्रेरित गर्नु हुने जून तारा साहित्य समाजको फेसबुक, पेज, युट्युब, टिकटक, पब्लिक ग्रुपमा जोडिएका सबैमा यश संस्थाका अध्यक्ष गणेश बिष्ट बर्सात ५ औं वार्षिकोत्सवको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

संस्थाले आज सम्म गरेको केही काम संक्षिप्त रुपमा संस्थाकी उपाध्यक्ष रचिता दाहाल भन्नू हुन्छ ´ विभिन्न समय अग्रज लाइ सम्मान अनुजलाइ प्रोत्साहन स्वरुप साहित्यको विभिन्न विधामा प्रतियोगिता राखी पुरस्कार सम्मान गरिएको र साहित्य सिक्ने र सिकाउने हेतुले फेसबुक लाइभ कार्यक्रम मन भित्र गुम्सिएका भावना, मेरो रचना मेरो आवाज चलाएको र विभिन्न रेडियो बाट समेत साहित्य सिर्जना, मुक्तक मझेरी, मन भित्र गुम्सिएका भावना कार्यक्रम सञ्चालन गरेको साथै साहित्यिक स्रष्टाको मनोवल उच्च बनाऊ साहित्य सिर्जना जून तारा साहित्य समाजको युट्युब च्यानलमा समेत राखिएको छ यस संस्थाले औपचारीक कार्यक्रम विभिन्न समय साहित्य स्रष्टा भेट्घाट गरेको थियो । स्टेज कार्यक्रम आफ्नो संस्था बाट जून तारा संयुक्त गजल संग्रह विमोचन कार्यक्रम गरिएको छ । आगामी दिनहरुमा पनि कार्यक्रम गर्ने बाचा गर्दै यस स्थान सम्म ल्याउन साथ दिनु हुने पदाधिकारी, अग्रज, अनुज सदस्य ज्यूहरु र हाम्रो यो साझा साहित्यिक संस्था जून तारा साहित्य समाज लाइ मायागर्ने हरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं।`
साथै ५ औं वार्षिकोत्सवको अवसरमा नेपाली समय राती ८ बजे फेस्बुक लाइभ कार्यक्रम रचना वाचन साथमा शुभकामना आदान प्रदान गरिएको छ ।
कार्यक्रम प्रस्तोता संस्थाकी सञ्चालिका मन्दिरा खड्काले गर्ने संस्थाका महासचिव श्याम कुमार श्रेष्ठले बताएका हुन् ।
संस्थाको ५ औं वार्षिकोत्सबमा सम्पूर्ण सदस्य ज्यूहरु लाइ मायाको चिनो प्रदान गरिएको छ ।































