मनिशा गौतम

सल्यानमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोकिदा दुईजना गम्भिर घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका (६ कल्लेखोला नजिकै रा १ ख २२२४ नम्बरको टिप्पर र रा ४ प ९२२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते हुनेमा मोटरसाइकल चालक बागचौर नगरपालिका (८ कोटमौलाका २५ वर्षिय खगेन्द्र बिक र मोटरसाइकल पछाडि सवार सोहि ठाउँका २९ वर्षिय मनविर बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताउनुभयो।

घाइतेहरुलाई उपचारका लागि तुलसीपुर पठाइएको छ भने अवस्था गम्भीर रहेको छ । टिप्पर चालक ईलाका प्रहरी कार्यालय लुहामको नियन्त्रणमा रहेको डिएसपी कार्कीले बताउनुभयो ।