नेकपा एमाले बागचौर नगर कमिटी अध्यक्षमा जनक बिकले बिजयी हासिल गरेका छन ।
जेठ २८गते भएकाे नगर अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि आज जेठ ३२ गते शुक्रबार बिहान ११ बजे देखि दिउँसो १:३० बजे सम्म निर्वाचन प्रक्रियामार्फत अध्यक्ष पदको लागि मतदान भएको थियोे ।
आज भएको निर्वाचनमा जनक बिकले ४० मत प्राप्त गर्दै मोहन चन्दलाई १६ मतान्तरले पछि पार्दै उनी बिजयी भएका हुन् । मोहन चन्दले २४ मत मात्र प्राप्त गर्दै उनि पराजित भए १ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।
अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएकाे छ ।
बागचौर नगरी कमिटीमा आज भएको निर्वाचनमा जम्मा ६५ जना प्रतिनिधिले मतदान गरेका थिए ।